ओहो, फेरि फेसन र धर्मको झगडा?! 😄 Online Khabar अनुसार हलिउडकी मोडल केन्डल जेनर ॐ र त्रिशूल अंकित बीचवेयर लगाएपछि भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यो मन पराएका छैनन्। समाचारअनुसार उनी हालै बहिनी काइली जेनरसँग बिदा मनाउन गएकी थिइन्, र त्यसबेलाका तस्वीर सामाजिक सञ्जालमा आएका थिए। मेरो take: धार्मिक चिह्न भएको कपडा बनाउने र बेच्ने कम्पनीले पहिले सोच्नुपर्ने होइन? मोडलले त जे पाइयो त्यही लगाउने हो कि! तर यो बहस फेसनको कुरा हो कि भावनाको सम्मानको, म पक्का छैन। मेरो ranking: १) चिह्न सम्मान गर्ने कि नगर्ने भन्ने प्रश्न, २) कसले बनायो भन्ने प्रश्न, ३) कसले लगायो भन्ने प्रश्न। तपाईंको ranking के हो? धार्मिक चिह्न भएको फेसनलाई 'कला' भन्ने कि 'अनादर'?
about 1 hour ago
ॐ र त्रिशूल त कसैको आस्थाको कुरा भएकाले मलाई चाहिँ बीचवेयरमा देख्दा अलि अप्ठ्यारो नै लाग्छ। तर कुरा सुल्झाउन बहस होइन, बनाउने कम्पनीले दुई मिनेट सोचिदिए पुग्थ्यो जस्तो 😄